आँसुले ल्याएको सफलता

मेरो जीवनमा सबै कुरा छिटोछिटो भयो, लिली थापाले मधुर आवाजमा भनिन्।  १३ वर्षमै एसएलसी सकेकी उनी २८ वर्षमै तीन छोराकी आमा बनिन्। खुसीको आगमन जति छिटो भयो त्यत्ति नै छिटो उनका अगाडि दुःखको पहाड ठडियो। हुन्डरीजस्तै आएर उनका अगाडि थपक्क बसेको चुनौतीलाई चिर्न कम गाह्रो थिएन। धैर्य र साहसले जित्नुको विकल्प थिएन। त्यसै गरिन् । मध्यमवर्गीय परिवारकी जेठी छोरी। सानैबाट अरूलाई कन्ट्रोल गर्ने स्वभावकी थिइन्। उच्च शिक्षा पद्मकन्या क्याम्पसबाट लिइन्। विद्यार्थी युनियनकी सचिव भइन्। त्यसबेला राजनीतिक दलसम्बद्ध युनियन थिएन। विद्यार्थीको हितमा स्ववियुले काम गर्नुपर्छ भन्ने उनको सोचाइ थियो।

काठमाडौं कालिकास्थानमा जन्मेकी लिलीले छोराछोरीको भेदभाव महसुस गर्न पाइनन्। उनलाई डाक्टर पढ्ने इच्छा थियो, ुछोरीले पढ्नु हुन्नु भन्ने पुरातन सोचले उनका बुबालाई पनि छोएको रहेछ। त्यसैले होला– छात्राहरू पढ्ने पद्मकन्या क्याम्पस भर्ना गरिदिए। लिलीले त्यसपछि मात्रै थाहा पाइन्, छोराछोरीले पढ्ने विषय भिन्न रहेछन्।
स्ववियु सचिवको नेतृत्व हाँकिरहँदा उनी सबै छात्राबीच परिचित भइसकेकी थिइन्। देशभरबाट काठमाडौं पढ्न आउने छात्राहरूको एकमात्र क्याम्पस पद्मकन्या थियो। उनी सम्झन्छिन्, घरबेटीले पढ्ने केटीसँग पैसा हुँदैन भनेर डेरा दिँदैनथे। छिटोछिटो घरबाट निकाल्थे। म कुनैबेला घरबेटीसँगै झगडा गर्न जान्थेँ। साथीहरूलाई अप्ठ्यारो पर्दा सहयोग गर्थौँ  । सहपाठीका हरेक समस्यामा उनको अग्रसरता हुन्थ्यो। क्याम्पसका कार्यक्रम छुटाउँदैन थिइन्। भन्छिन्, ुत्यो बेला पिकेमा छुट्टै वातावरण थियो। साथीमात्र होइन गुरुहरूसँग पनि उत्तिकै नजिक थियौं।  कलेज पढ्दै गर्दा उनी १७ वर्षकी थिइन्। किशोरावस्थाका कुरा कोट्याउँदा उनको अनुहारमा छुट्टै मुस्कान देखिन्छ। सँगै मधुर आवाज मिसिन्छ।


बुबा तत्कालीन शाही नेपाली सेनाका जर्नेल। घरकी जेठी छोरी कहिलेकाहीँ बुबाकी साथी पनि बन्थिन्। ब्यारेकमा रहँदा बुबाका संगीका परिवारसँग घुलमिल हुन्थिन्, उनीहरूका छोराछोरीलाई ट्युसन पढाउँथिन्। बुबाले घोडा चढ्न सिकाएको क्षण उनको सम्झनामा ताजै छ। पढाइमा तिख्खर लिलीले स्ववियु सचिवको नेतृत्व लिइसकेकी थिइन्। आफू ुछोरी हुँु भन्ने खासै अनुभव गर्नै परेन। जर्नेल बुबाको निर्णय काट्ने कसको हिम्मत१ लिलीको पढाइ चलिरहेका बेला विवाहको कुरो छिनियो।
दुलही बनेर नक्सालको एक घरमा भित्रिइन्। कट्टर परम्परावादी परिवार, बुहारीले सबैकुरा धान्नुपर्छ भन्ने मान्यता। बिहे भएर गएसँगै उनको क्याम्पसे जीवनको स्वतन्त्रता पनि टुंगियो। घरको सबै काम सम्हाल्नु पर्दा बन्धनमा परेको महसुस गर्थिन्– खुल्ला आकासमा स्वच्छन्द उडिरहेको चरीलाई पिँजडाभित्र थुनिएजस्तै। भान्साको काम, पाहुनाको स्वागत, परिवारको हेरचाह। एक्कासि घुलमिल हुन कम गाह्रो थिएन।


श्रीमान् आर्मीको डाक्टर। विभिन्न जिल्लाका ब्यारेक गइरहनुपर्थ्यो। उहाँको सहयोग र मायाले बुहार्तन खप्न केही सजिलो भयो, उनी भन्छिन्। विवाह भएको दुई वर्षपछि उनले जेठो छोरालाई जन्म दिइन्। त्यसपछि दुई छोरा जन्मिए। जीवन केही सहज बन्दै गयो। कान्छो छोरो जन्मेपछि पढाइलाई निरन्तरता दिन श्रीमान्ले आग्रह गरे। उनकै सहयोगले समाजशास्त्रबाट स्नातकोत्तर गर्न लिलीका लागि गाह्रो भएन। ुहरेक कुरामा सहयोग गर्नुहुन्थ्यो। सिंहदरबारमा कम्प्युटर सिक्न पठाउनुहुन्थ्यो। मोटरसाइकल र कार चलाउन सिकाउनुभयो,  उनी भन्छिन्, ुसिक्ने इच्छा नहुँदा पनि कर गर्नुहुन्थ्यो। लाग्छ, इन्डिपिन्डेन्ट बन्नुपर्छ भनेर फोर्स गर्नु रैुछ।
२८ वर्ष पार गर्दै थिइन्। तीन छोरा हुर्कंदै थिए। प्रविधिका नयाँ जानकारी लिँदै थिइन्। उनको पढाउने सोख बुझेर श्रीमान्ले ुरोज बर्ड स्कुलु खोलिदिएका थिए। अनामनगरमा कक्षा ५ सम्म खोलिएको स्कुलमा उनी पढाउँथिन्।


२०४९ साल। एक हप्तापछि श्रीमान् आउँदै थिए। उनी आउने खबरसँगै घरमा खुसीयाली छाएको थियो। तर त्यो खुसी धेरैबेर टिक्न सकेन। श्रीमान्को निधनको खबरले उनका सपना, खुसी र योजनालाई भताभुंग पारिदियो। शान्ति सेनामा इराक पुगेका श्रीमान् अब फर्केर आउने छैनन्। त्यसबेला उनलाई जीवन सकिएजस्तो लाग्यो। धर्ती भासिएझैं भयो। चलिरहेको घडीको सुइ टक्क रोकिएजस्तै भयो। आखिर त्यो चोट सहनु नै थियो। तीन छोराको पालनपोषण गरी भविष्य दिनु थियो। उनीहरूका लागि ुबाबुु पनि आफैं बन्नु थियो।

समयले दुखेको घाउमा मल्हम लगाउँदै गयो। उनले स्कुललाई निरन्तरता दिन थालिन्। छोराहरूसँगै स्कुलमा भुल्ने वातावरण बन्यो। आफूजस्तै एक्ला दिदीबहिनी देख्दा दया लाग्थ्यो। ुएकल महिलाका छोराछोरीलाई निःशुल्क पढाउन थालेँ। उनीहरूसँग सम्पर्क बढ्दै गयो,ु भन्छिन्, ुसित्तैमा पढाउने थाहा पाएर एकलहरू अनामनगरतिर डेरा सर्न थाले। पछि त मलाई धेरै बच्चा पढाउन गाह्रो भो। उनी हरेक आइतबार बच्चाका आमा भेला गर्थिन्। एक अर्काका समस्या सुनाउँथे। दुःखका धब्बाहरू पखाल्न आँसु बगाउँथे। एकल महिलाको संख्या बढेसँगै पीडा सुन्ने ठाउँको अभाव खड्कियो। श्रीमान्ले छोडेर गएको दुःखलाई आफूजस्तै विधवासँगको घुलमिलले मेटाउन चाहन्थिन् लिली। पाँच सय मासिक भाडा तिर्नेगरी ुवेदना बिसाउन थलोु स्थापना गरिन्। ुत्यो कोठामा दैनिक ४० जनासम्म भेला हुन्थ्यौं। एक अर्काका दुःख साटेर मन हलुंगो पार्थ्यौं,ु उनी भन्छिन्।  टेवाु नामक संस्था सञ्चालन गर्दै आएकी रीता थापाले लिलीको गतिविधिबारे बुझेपछि एकल महिलाको संस्था खोल्न सुझाइन्। भाइ किरोज बस्नेतबाट पनि उनले सहयोग पाइन्। २०५२ सालमा एकल महिलाको संस्था दर्ता भयो।  संस्था स्थापनामात्रै ठूलो होइन। सञ्चालन र निरन्तरता अर्को चुनौती हो। यसकै लागि लिलीले निक्कै दौडधूप गरिन्। बंगलादेश र स्वीडेनमा पढ्न जाने मौका मिल्यो।जेन्डरु र वुमेन म्यानेजमेन्टु पढेर उनी नेपाल फर्किन्। महिलाकै विषय पढेर फर्केपछि उनमा केही गर्ने सोच पलायो। काठमाडौंबाहिरका एकल महिलालाई संगठित गर्ने योजना बनाइन्।


सशस्त्र द्वन्द्वको समय। द्वन्द्वमा श्रीमान् गुमाउने महिला धेरै थिए। राज्य र विद्रोही पक्षका महिला एक ठाउँमा समेट्न गाह्रो थियो। सबैलाई गाउँगाउँ पुगेर संस्थाको बारेमा बुझाउने वातावरण पनि थिएन। तैपनि उनले हिम्मत हारिनन्। उनकै नेतृत्वमा २०५८ सालमा राष्ट्रिय भेला भयो। १७ जिल्लाका एकल एक ठाउँ भेला भए। काठमाडौंमा पहिलोपटक ुलेडिज मोटरसाइकल र्‍यालीु उनैले आयोजना गरिन्। त्यसबाट उठेको रकमबाट कार्यालयका लागि कम्प्युटर जोडिन्।
श्रीमान् गुमाउने आफूजस्ता धेरै महिला संगठित हुँदै गएपछि सबैको आँसुलाई शक्तिमा बदल्न कस्सिइन्। २०५२ सालमा रोपेर छोडेको संस्थाले २०५८ मा मलजल पायो। अहिले देशभर यसका हाँगा फैलिएका छन्। एक लाखभन्दा बढी महिला ुमानव अधिकारका लागि एकल महिला समूहुका सदस्य छन्। ३५ जिल्लामा कार्यालय रहेको संस्थामा एक हजार छ सय गाविसका महिला संगठित छन्। २०६७ सालको जनगणनाअनुसार विधवाको संख्या ४ लाख ९८ हजार ६ सय ६ रहेको छ। तीमध्ये युवा अवस्थामै विधवा बन्ने धेरै छन्।

संगठित आत्मबल
–लिली थापा
श्रीमान् बितेपछि परिवारको हेला र समाजको दृष्टिकोण खप्न नसकेर डिप्रेसन बढ्छ। साना बच्चा हुर्काउने चुनौती त छँदै छ। यस्ता समस्यामा परेका महिलाका लागि काउन्सिलिङको व्यवस्था गरेका छौं। तालिममार्फत दुःखमा बाँच्न हौसला दिन्छौं। एक्लै भएपछि आत्महत्या गर्न हिँडेका कतिपय महिलाले हाम्रो सम्पर्कपछि नयाँ जीवन पाएका छन्। विवाहपछि पढाइ छाडेकाले पढन पाएका छन्। सकेसम्म पढाइलाई फेरि निरन्तरता दिन प्रेरित गर्छौं। संस्थामा आउने तालिम लिन्छन्, आत्मनिर्भरका लागि सक्षम बन्छन् र गाउँ फर्कन्छन् । आफ्नै ठाउँमा संघर्ष गरेर बाँच्न सकून् भन्ने हाम्रो उद्देश्य हो।


संस्थाले ुअवसर कोषु खडा गरेको छ। श्रीमान्को श्राद्धमा पण्डितलाई दिने रकम कोषमा जम्मा हुन्छ। चाडपर्वको खर्च कटाएर महिलाले त्यही कोषमा बचत गर्छन्। विभिन्न दातृ संस्था र मनकारीले रकम जम्मा गरिदिन्छन्। पढ्न नसकेका एकल महिला र उनका छोराछोरीलाई पढ्ने खर्च पनि त्यही कोषबाट पुगेको छ। संस्था खोलिसकेपछि ुरातो अभियानु चलाएँ। विधवाले रातो लगाउने कुरामा धेरैले आलोचना गरे। यो धार्मिक विरोध थियो। लिलीले सिन्दूर लगाई, अब श्रीमान् पनि खोजिदिन्थे भन्नेसम्म आरोप लगाइयो। सरकारलाई दबाब दिएर एकल महिलाका पक्षमा सोच्न बाध्य बनायौं। संस्थापक सदस्य मिलेर बालुवाटारमा आफ्नै घर बनाएका छौं। चहराइरहेको घाउमा मलम लगाउन, एकल महिलालाई शीतलता दिन छहारीु खोलेका छौं। जहाँ एकल महिला आफैं सक्रिय छन्। खेतीपाती, सिपमूलक काम र क्याटरिङमा काम गरेर रकम जम्मा पार्छन्।

कोही कोही एकल महिलाको संस्था किन चाहियोरुु भनेर प्रश्न गर्थे। श्रीमान्को मृत्युपछि घरमै रोएर बस्नुपर्ने, परिवारको हेला खप्नुपर्ने र अंश नपाउने चलन हटेको छैन। समूहमा आबद्ध भएपछि एक अर्काका पीडा साट्छन्, सहयोग गर्छन्। यो प्राकृतिक साइकलमा आगामी दिनमा एकल महिलालाई रुन नपरोस् भनेर फलामको ढोका खोलिदिएका छौं। देशभर ७० जनाले कार्यालयमा रोजगार पाएका छन्। वैवाहिक आधारमा कसैलाई भेदभाव गर्न पाइँदैन। मान्छेको सोच बदल्न समय लाग्छ। दक्षिण एसियामै एकल महिला संगठनको नेतृत्व गर्ने अवसर पाएका छौं। संयुक्त राष्ट्रसंघमा समेत हाम्रो आवाज पुर्‍याउन सफल भएका छौं।

तीज
महिलाले मनभित्रको कुरा पोख्ने दिन हो, तीज। आफूसँग नजिक, प्रिय, दिदीबहिनीसँग भेट्ने अवसर पनि होे। सबैजना एकै ठाउँ भेला भई मिठो खाने, नाच्ने, गाउने, रमाइलो गर्ने मौका मिल्छ। एक आसपमा भेट हुँदा दुःख, पीडा साटासाट गर्न पाइन्छ।  तीजमा सबै एकल महिला जम्मा भएर रमाइलो गर्छौं। पहिले श्रीमान्कै नाममा भोकै बस्ने भनेर मनाउँथँे। अहिले आत्मीय दिदीबहिनीसँग मनाउने चलन छ। तीजको नाममा विकृति पनि भित्रिएको छ। महँगा कपडा र गरगहना लगाएर प्रदर्शन प्रवृतिले तीजको महŒव बढाउने होइन। तीजमा निराहार व्रत बसेर पूजा गर्नुपर्छ भन्ने छैन। मैले व्रत बस्ने गरेको छैन। व्रत बसेर श्रीमान्को आयु बढ्छ भन्ने मान्यताले मेरो दिमागमा नकारात्मक असर पारेको छ।  भाषा शर्मा,  नागरिक