१९ असार, काठमाडौ ।
नेपाल विद्युत प्राधिकरणले पर्सी देखि लोडसेडिङ फेरि घटाउने भएको छ । नदीमा जलस्तर बढेर विद्युत गृहहरुले क्षमता अनुसार उत्पादन गर्न थालेपछि प्राधिकरणले लोडसेडिङ घटाएको बताइएको छ । अहिले हप्तामा साढे ५५ घण्टा लोडसेडिङ हुँदै आएको छ ।
अब लागू हुने तालीका अनुसार ४७ घण्टा मात्रै हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले अब लागू गर्ने नयाँ तालिका अनुसार अब हप्तामा ४ दिन ७ घण्टा, दुई दिन साढे ६ घण्टा र एक दिन ६ घण्टा विजुली कटौत हुनेछ ।