असार ६, काठमाडौ– अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा जारी हिंसा अन्त्यका लागि तत्काल सैन्य कदम चाल्न अमेरिका तयार रहेको बताएका छन् । इराकमा सुन्नी इस्लामिक चरमपन्थी संगठनले जारी राखेको हिंसा अन्त्यका लागि संक्षिप्त सैन्य कार्वाहीका लागि अमेरिका तयारी हालतमा रहेको राष्ट्रपति ओबामाले बताएका हुन् । उनले त्यहााको आवश्यकता अनुसार सैन्य परिचालन गर्ने र उक्त कार्वाही निर्णायक हुने समेत स्पष्ट पारेका छन् । ओबामाले फेरी अर्को पटक अमेरिकी सेना इराक प्रवेश गर्नु नपर्ने गरी त्यहाा कार्वाही गरिने बताएका छन् । इस्लामिक चरम्पन्थीले इराकका ऐतिहासिक सहरहरु कब्जाको क्रमलाई तिब्र पारेपछि इराकले पनि अमेरिकासंग सैन्य सहयोग मागेको छ । इराक सरकारले त्यहााको अवस्था कमजोर हुन थालेपछि हवाई आक्रमणका लागि आग्रह गरेको छ । अमेरिकाले भने आफ्ना सैनिक समुन्द्री बाटो हुादै इराक तर्फ पठाईसकेका अमेरिकी अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति ओबाले पहिलो चरण करिब ३ सय सैन्य सल्लाहकार इराक पठाउन र सकेसम्म राजनीतिक सहमति निकाल्ने प्रयास गरिने समेत बताएका छन् । तर केहि आलोचकहरुले भने इराकका शिया प्रधानमन्त्री नूरी अल मलिकीले सुन्नी बिरोधी नीति अबलम्बन गरेकाले त्यहाा यस्ता घटना बढिरहेको आरोप लगाएका छन् । एजेन्सी