असार ४, नवलपरासी–भारतीय पक्षले नवलपरासीको सुस्ता स्थित रामनगर टापु अतिक्रमण गर्न प्रयास गरेपछि देखिएको समस्या तत्कालकालागी समाधान भएको छ । सुस्ताबासीले जोतभोग गर्दै आएको टापु क्षेत्रलाई भारतिय पक्षले आधा आधा गरी जोतभोग गर्न पाउनुपर्ने माग राखेपछि समस्या देखिएको थियो । तर सुस्ताबासी र भारतीयका साथै दुबै क्षेत्रका सुरक्षा निकायका प्रतिनिधीबिच सो जग्ग्गा सुस्ताबासीलेनै जोतभोग गर्ने सहमती भएपछि तत्कालकालागी समस्या समाधान भएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मौनालीले जानकारी दिनुभयो । रासस