असार ४, मुगु – मुगु जिल्लाको सोरु भेकमा पर्ने धैनकोट गाविसमा रहेको स्वास्थ्यचौकी महिना दिनदेखि कार्यालय सहयोगीको भरमा सञ्चालनमा रहेको छ । स्वास्थ्यचौकीमा चार स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि कार्यालयमा कोही पनि नआउने गरेको कार्यालय सहयोगी अङ्गतबहादुर मल्लले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी पनि नआउने र औषधि अभावका कारण बालबालिकामा आखाको सङ्क्रमण बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।