असार २, म्याग्दी–जिल्लाको राम्चे गाविस वडा न २ मा नेपाली कागजबाट निर्माण भएको डायरी विदेश जान थालेको छ । राम्चेको नांगीमा रहेको हिमाञ्चल हातेकागज तथा हस्तकला उद्योग निर्मित डायरीको दक्षिण कोरियामा निर्यात हुन थालेको हो । नेपाली कागजबाट निर्मित डायरी बलियो र टिकाउ हुने भएकाले दक्षिण कोरियाबाट माग आएपछि निर्यात गर्न थालिएको उद्योगका व्यवस्थापक चित्र तिलिजा पुनले जानकारी दिनुभयो ।