आङसान सुची आज स्वदेश फर्किदै

असार २, काठमाडौ–  नेपाल भ्रमणमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङसान सुची आज दिउसो स्वदेश फर्किदै हुनुहुन्छ ।
बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न सुची सरकारको निमन्त्रणामा नेपाल आउनु भएको थियो ।
सुचीलाई हिजो नागरिक अभिनन्दन पनि गरिएको थियो । नेपालका विभिन्न धार्मिक स्थल भ्रमण पुरा गरिसक्नु भएकी सुचीले आज काठमाडौंको नगलमा बौद्ध धर्मकी गुरुआमासग भेट गर्ने कार्यक्रम तय भएको छ । सुचीले आजै पत्रकारसम्मेलन गरी म्यानमानर फिर्ता हुने कार्यक्रम रहेको छ ।