असार १, काठमाडौ– अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदानका क्रममा भएका बिभिन्न हिंसामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । हिजो भएको राष्ट्रतीय निर्वाचनको दोस्रो चरणको मतदानमा देशभर सुरक्षा व्यवस्था कडा पारिए पनि बिभिन्न ठाउामा आतंकवादी हमला भएको अधिकारीहरुले जनाएका छन् । गत ६ अप्रिलमा भएको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले पचास प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो दोस्रो चरणमा मतदान भएको थियो । मतदानका क्रममा सुरक्षा व्यवस्था कमजोर भएपछि १ सय ६० वटा मतदान केन्द्र बन्द गर्नु परेको त्यहााको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले ६० प्रतिशत मत खसेको अनुमान गरेको छ । दास्रो चरणका चुनावमा दुई जना उमेद्वारमात्र चुनावी प्रतिष्पर्धामा छन् । प्रतिष्पर्धामा पूर्व विदेशमन्त्रीसमेत रहेका अब्दुल्ला अब्दुल्ला र विश्व बैंकका पूर्व अर्थशास्त्री अशरफ गनी चुनावी मैदानमा छन् ।