असार १,काठमाडौ–राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)को पाचौ राष्ट्रिय महाधिवेशन राजधानीमा जारी छ । हिजो देखि सुरु भएको महाधिबेशनको आज शिक्षामन्त्री चित्रलेखा यादबले उद्घाटन गर्नुहुने छ । महाधिवेशनमा नया नेतृत्वको उम्मेदवारी र सहभागीको नाम दर्ता सकिएको काठमाडौ उपत्यका सचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो । अध्यक्षमा पङ्कजसिंह राठौर, कर्णबहादुर शाही र अर्जुनबहादुर अधिकारीको उम्मेदवारी परेको छ । पैतीस जिल्लाबाट एक हजार २ सय प्रतिनिधि सहभागि छन् ।