असार १, काठमाडौ–नेपाल भ्रमणमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी आज गौतम वुद्धको जन्मस्थल लुम्विनी जादै हुनुहुन्छ । बिपी कोइरालाको शतवार्षिकी कार्यक्रम अन्तर्गत बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई मुख्य वक्ताको रुपमा सुचीले हिजो नै सम्बोधन गर्नुभएको छ । सुचीले हिजो नै संविधानसभा, व्यवस्थापिका संसद्का सदस्यहरुलाई सामुहिक सम्बोधन गर्नुभएको थियो । सुची आजै कांग्रेस नेता एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने रात्रीभोजमा पनि सहभागि हुनुहुनेछ । लुम्विनीबाट फर्किएपछि उहाालाई आजै दिउसो नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको छ ।