डोटीमा १७ दशमलब ७ प्रतिशत बिधार्थी उत्तिण

जेठ ३१, डोटी– यस बर्षको एसएलसी परीक्षामा डोटीमा १७ दशमलब ७ प्रतिशत बिधार्थी उत्तिर्ण भएका छन् । गत बर्षको भन्दा यो बर्ष १० प्रतिशतले नतिजा निराशा जनक आएको जिल्ला शिक्षा कार्यालय डोटीले जनाएको छ । डोटीबाट नियमित तर्फ २ हजार १सय ५२ र एक्जामटेडबाट १ हजार ४सय २४ जनाले एसएलसि दिएका थिए । जस मध्य नियमित तर्फ एक जना विशिष्ट श्रेणी, १ सय २४ जना प्रथम श्रेणी, २ सय ४७ जना द्वितिय श्रेणी र १० जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् । एक्जामटेडबाट ३१ जना द्वितिय श्रेणी र ९ जना तृतिय श्रेणीमा पास भएका छन् । डोटीका १३ वटा बिद्यालयबाट कोही पनि उत्तिर्ण हुन नसकेको जिल्ला शिक्षा कार्यालय डोटीले जनाएको छ ।