जेठ २५, काठमाडौ– राज्यको पुनर्संरचना कसरी गर्ने भन्ने विषयमा संविधानसभा बैठकमा आज पनि छलफल हुादैछ । विभिन्न दलका बााकी सभासदहरुले आ आफ्नो धारणा राख्ने कार्यतालिका तय गरिएको छ । राज्यको पुनर्संरचना कसरी गर्ने भन्ने विषयमा अहिलेसम्म संविधानसभाको पुर्ण बैठकमा करिव ३ सयले आ आफ्नो धारणा राखिसकेका छन् । बााकी करिव ८० जनाले यसविषयमा धारणा राख्न बााकी रहेकाले आज पनि विहान ११ बजेपछि छलफल हुादैछ । अहिलेसम्म अधिकांश नेताहरुले बहुपहिचानमा आधारित राज्य बनाईनुपर्ने बताउादै आएका छन् । यसैबीच संविधानसभा सबैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक अहिले बसिरहेको छ । १८ बर्ष उमेर पुगेका नेपाली नागरिकलाई अनिवार्य सैन्य तालिम लिनुपर्ने या नपर्ने भन्ने विषयमा छलफल भईरहेको छ । संविधानसभामा यसबारेमा छलफल भई सहमतिका लागि उक्त समितिमा आएको हो । त्यसैगरी अहिले संसद् सचिवालय सिाहदरबारमा सार्वजनिक लेखा समिति, अर्थ समिति, सुशासन समिति लगायतका समितिको बैठक बसिरहेको छ ।