जेठ २२, एजेन्सी–चीनमा सन् १९८९ मा भएको तियनानमेन दमनको २५ औं बर्ष पुरा भएको छ । २५ बर्ष अघि तियनानमेन चौकमा लोकतान्त्रिक सुधारको माग गर्दै उपस्थीत लाखौं प्रदर्शनकारीमाथि चिनियाा प्रशासनले दमन गरेको थियो । तियनानमेन चौकमा भएको उक्त नरसंहारमा लोकतन्त्र पक्षधर सयौं नागरिक मारिएका थिए । चीन सरकारले अहिले पनि उक्त घटनालाई मान्यता नदिई त्यसमा पक्षमा बोल्नेलाई कार्वाही गर्ने गरेको मानवअधिकारकर्मीहरुको भनाई छ । लोकतान्त्रिक आन्दोनका क्रममा भएको दमनको स्मरणमा हजारौ चिनिया नागरिक तियनानमेन चौक तर्फ अगाडी बढेको र हङकङबाट १० हजारभन्दा बढि नागरिक त्यहाा उपस्थित भएको बताईएको छ । बिबिसीका अनुसार उक्त चौकमा उपस्थीतहरु अहिले पनि आक्रोशित छन् । तियनानमेन चौकमा प्रहरीले अन्तराष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरुलाई उपस्थित हुन दिएको छैन । उक्त चौकमा प्रदर्शन तथा झडप हुन सक्ने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।