जेठ २१, एजेन्सी – सिरियामा सम्पन्न राष्ट्रपतीय निर्वाचनले फेरी राष्ट्रपतिको उम्मेदवार बनेका बसर अल असादलाई अझै शक्तीशाली बनाएको त्यहाका अधिकारीहरुले बताएका छन् । बिगत तीन बर्षदेखि जारी गृहयुद्धका बाबजुत राष्ट्रपति असादले आफ्नो ढंगले राष्ट्रपतीय निर्वाचन गराएका थिए । अन्तराष्ट्रिय जगतले उक्त निर्वाचनको औचित्य नभएको बताए पनि त्यहाका अधिकारीहरुले भने धेरै दललाई समेटेर निर्वाचन गरिएको दावी गरेका छन् । उनीहरुले यस निर्वाचनले राष्ट्रपति असादलाई अझै बलियो बनाएको बताएका छन् । निर्वाचनको मत परिणाम सार्वजनिक भैनसकेको भए पनि यस निर्वाचनले असादलाई नै बिजयी बनाउने पक्का छ ।