जेठ २०, काठमाडौ– काठमाडौंमा जारी सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेशनमा आज नया नेतृत्व चयन गरिने भएको छ । राष्ट्रिय सभा गृहमा जारी महाधिवेशनमा अहिले बन्द सत्र चलिरहेको छ । आज दिउसो बन्द सत्र सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुने छ । अहिलेसम्म छलफलमै भएकाले नया नेतृत्वको बारेमा औपचारिक घोषणा कसैले गरेका छैनन् । महाधिवेशनमा देशभरबाट ६ सय १० जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनको आइतबार तथा भू संरक्षण मन्त्री महेश आचार्यले उद्घाटन गर्नुभएको थियो ।