जेठ १९, एजेन्सी– उत्तरी नाईजेरियामा बोको हरामले गरेको एक बम आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अदामावा राज्यको मुबी शहरमा टेलिभिजनमा फुटबल हेर्न जम्मा भएको समूह माथि बोको हरामले बम आक्रमण गरेको थियो । आक्रमणमा थुप्रै सुर्वसाधारण घाईते भएको प्रहरीले जनाएको छ । अदामाआवका प्रवक्ता उसमान अबुबाकरले टेलिभिजनको ठूलो पर्दामा फुटबल हेर्न जम्मा भएको भिडमा चरमपन्थीले बम आक्रमण गरेको बताए । उनले बम आक्रमणमा परी गम्भीर घाईते भएका १२ जनाको उपचार भैरहेको जानकारी दिएका छन् ।