जेठ १९, एजेन्सी– तेलंगनाले आजदेखि भारतको २९ औं प्रदेशको अस्तित्व पाएको छ । हालसम्म आन्ध्र प्रदेशमा रहेको तेलंगना आजबाट बिधिवत रुपमा भारतको सबै भन्दा कान्छो राज्यको रुपमा अस्तित्वमा गएको हो । अलग तेलंगना राज्यको आन्दोलनको अगुवाई गरेका तेलंगना राष्ट्र समिति टिआरएसका प्रमुख चन्द्रशेखर रावले आज त्यहााको मुख्यमन्त्रीका रुपमा सपथ लिादैछन् । उनले आजै तेलंगनामा नयाा सरकार गठन गर्नेछन् । तेलंगना छुट्टै राज्य बनेपछि संयुक्त आन्ध्र प्रदेशमा लगाईएको राष्ट्रपति शासन तेलंगनाबाट हट्नेछ । तेलंगना छुट्टै प्रदेश भएपछि आन्ध्र प्रदेशमा पनि यहि हप्ताभित्र चन्द्रबाबु नायडुले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।