जेठ १७, पोखरा– आदिवासी जनजाति युवा महासङ्घको तेस्रो महाधिवेशन आज देखि पोखरामा सुरु हुदैछ । ‘आदिवासी जनजाति युवाको साझा अभियान, अधिकार रोजगारीका लागि पहिचानसहिचको सङ्घीय संविधान’ भन्ने मूल नाराका साथ हुने सो महाधिवेशनबाट तीन वर्षका लागि नया नेतृत्व चयन गर्नेछ । महासङ्घले जातीय पहिचानसहितको सङ्घीयता, जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक, समावेशी, अल्पसङ्ख्यक, सीमान्तकृत जातिको संरक्षण, सम्बद्र्धन र अधिकारमा महाधिवेशन केन्द्रित हुने बताएको छ । महाधिवेशन भोलीसम्म चल्नेछ ।