जेठ १६, काठमाडौ– राज्यको पुनरसंरचना प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक आजपनि बस्ने भएको छ । बैठक विहान ११ बजेपछि सुरुहुने छ । संविधान अभियलेख अध्ययन तथा निक्यौल समितिले राज्य पुनर्संरचनाका विषयमा निक्र्यौल गरेको सहमति र असहमतिका बुदााका विषयमा सभासदहरुले धारणा राख्ने क्रम आजपनि जारी रहने भएको छ । अघिल्लो संविधानसभामा सबै भन्दा विवादित बनेको राज्य पुनर्संरचनाका विषयलाई संवैधानिक राजनीतिक तथा संवाद समितिले विवादका विषय सुल्झाउन पहल गर्ने छ । यसैबीच, संवैधानिक राजनीतिक तथा संवाद समितिको आजको बैठकमा संविधानसभा बाहिर रहेका दलको पहिचान गरिएको प्रतिवेदन पेश हुने भएको छ । बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको बैठमा यसअघि सभासद पुर्णबहादुर खड्काको संयोजकत्मा गठित समितिले संविधानसभा बाहिर रहेका दल तथा सरोकारवाला समूहको पहिचान गरेको प्रतिवेदन बुझाउन लागेको हो । समितिले त्यस्ता दल तथा समूहका विषयमा हिजै प्रतिवेदनलाई अन्तिम बनाएकाले आज समितिमा पेश गर्ने भएको हो ।