जेठ १६, एजेन्सी–रुस समर्थक लडाकुले पूर्वी युक्रेनमा सेनाको हेलिकोप्टर खसालेका छन् । उक्त घटनामा युक्रेनी सेनाका एक जनरल सहित १२ सुरक्षाकर्मीको मृत्यु भएको छ । रुसी समर्थक प्रदर्शनकारीले कब्जामा लिएको कस्बे स्लोबियान्स्क शहरस्थित सैन्य शिविरमा सेनलाई लिएर जाादै गरेको हेलिकोप्टर प्रदर्शनकारीले खसालेका हुन् । युक्रेनका राष्ट्रपति अलेक्जेन्डर तुर्किनोभले बिद्रोहीहरुले रुसमा निर्मित एन्टी एयरक्राफ्ट सिस्टम प्रयोग गरी हेलिकोप्टर खसालेको बताएका छन् । घटनामा हेलिकोप्टरका चालक सहित सबैजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । गत हप्ता सोही शहरमा भएको झडपमा युक्रेनी सेनाका १४ जवानको मृत्यु भएको थियो ।