जेठ १६, सोलुखुम्बु–सोलुखुम्बुको फाप्लु विमानस्थलमा कालोपत्रेको काम सुरु भएको छ । असारको अन्तिमसम्ममा बिमानस्थल स्तरोन्नतीको सम्पुर्ण काम सक्ने गरी कालोपत्रे सुरु भएको विमानस्थलले जनाएको छ । विमानस्थलमा अहिलेसम्म करिब ५० मिटर धावनमार्गको कालोपत्रे भइसकेको छ । २०६९ असोज १५ गते सम्झौता भई ०७० पुस मसान्तसम्ममा कालोपत्रेको काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने सम्झौता भए पनि समयमा निर्माण सम्पन्न नभएपछि आगामी असार २५ गतेसम्मका लागि स्तरोन्नतीको समय थप गरिएको छ ।