जेठ १६, दाङ– दाङका विभिन्न होटल तथा घरमा काम गर्दै आएका पाच बालबालिकाको उद्धार गरिएको छ । बलश्रमिक परिवारमा पुन:स्थापना कार्यक्रम अन्तरगत “आफ्नो सन्तान आफ्नै घर” भन्ने नाराका साथ हिमालयन शान्ति तथा विकास अभियान र जन उत्थान समाज विकासको सकृयतामा तीन बालक र दुई बालिकालाई उद्दार गरेर परिवारको जिम्मा लगाइएको हो । हिमालयन शान्ति तथा विकास अभियानले घोराही–११ वसपार्कमा घर भई मिलेनियम स्विट हाउसमा काम गर्दै आएकी सुशीला विक र घोराही–७ मा काम गर्दै आएका घोराही–८ का विवेक पुनको उद्धार गरेको हो । त्यस्तै जनउत्थान समाज विकास अभियानले घोराही–८ मा घरभई कस्तुरी स्विट हाउसमा काम गर्दै आएका शरद नेपाली, नारायणपुर घरभई फास्टफुड होटलमा काम गर्दै आएका रमेश चौधरी र घोराही–७ का सुनिता चौधरीलाई उद्दार गरेको हो ।