जेठ १६, काठमाडौ– बजेटका बिषयमा छलफल गर्न व्यववस्थापिका संसदको बजेट अधिबेशन आजबाट सुरुहुदै छ । आज दिउसो १ बजेका लागि बैठक आह्वान गरिएको संसद सचिवालयले जनाएको छ । आजकालागि खासै कार्यसूची तय नभएको सचिबालयका प्रबक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । उहाका अनुसार आजको वैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र अर्थमन्त्री डा. रामशरण महतले बजेटका विषयमा छलफलकालागि केही कार्यसूची पेश गर्ने तयारी गर्नुभएको छ । राष्ट्रपति डा. रामवराण यादवले यही जेठ २ गते अधिवेशन आह्वान गर्नुभएको थियो । अन्तरिम संविधान २०६३ अनुसार प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।