जेठ १३, एजेन्सी– नाईजेरियाको सेनाले बोको हरामको अपहरणमा परेका स्कुले छात्राहरु राखिएको स्थान पत्ता लगाएको छ । त्यहाका सेना प्रमुखले स्कुले छात्राहरु राखिएको स्थान पत्ता लागिसकेको छात्राहरुको परिवारलाई जानकारी गराएका हुन् । छात्राहरु रहेको ठाउा पत्ता लागे पनि तत्कालै सैन्य कार्वाही नगरिने सेना प्रमुखले बताएका छन् । उनले बोको हरामसंग बार्ताको प्रयास जारी रहेकाले सैन्य कार्वाही तत्काल अगाडी नबढाउने बताएका हुन् । पश्चिमी शिक्षाको बिरोध गर्दै नाईजेरियामा लामो समयदेखि संघर्षरत बोको हरामले गत अप्रिल महिनामा त्यहााका २ सय भन्दा बढि किशोरीलाई अपहरण गरेको थियो । यस अघि त्यहााको सरकार र बोको हरामबिच किशोरीहरुलाई छुटाउने बिषयमा बार्ता भएको थियो । बोको हरामका सबै सर्त मान्न सरकार तयार नभएपछि बोको हरामले बार्ता तोडिएको घोषणा गरेको थियो ।