जेठ ११, काठमाडौ– आज विश्व थाइराइड दिवस विभिन्न कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाइादैछ । हरेक वर्ष मे २५ का दिन विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा विश्व थाइराइड दिवस मनाउने गरिन्छ । विश्वभर थाइराइड ग्रन्थी सम्बन्धी रोगका बिरामीहरू बढ्न थालेपछि सन् २००८ देखि सो दिवस मनाउन थालिएको हो । विश्व थाइराइड दिवस मनाउनुको मुख्य उद्देश्य थाइराइड स्वास्थ्यबारे जनचेतनाको अभिवृद्धि गराउनु हो । दिवसका अवसरमा राजधानीका बिभिन्न अस्पतालले आज निशुल्क थाइराइडको परिक्षण समेत गर्ने बताएका छन् ।