जेठ १०, काठमाडौ– आगामी असार ८ मा हुने संविधान सभाको उपनिर्वाचनका लागि एकीकृत माओवादीले पनि चारवटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । शनिवार पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकले काठमाडौं क्षेत्र नम्बर २ मा लीलामणि पोखरेललाईनै उठाउने औपचारिक निर्णय गरेको हो । यसअघि मंसिर ४ मा भएको संविधानसभाको निर्वाचनमा पनि एमाओवादीले पोखरेललाई नै उम्मेदवार बनाएको थियो । यस्तै एमाओवादीले बदिर्या क्षेत्र नं. १ मा भवनकुमार थारु, चितवन क्षेत्र नं. ४ मा खुशीराम पाख्रिन र कैलाली क्षेत्र नं.६ मा रामसमझ रानालाई उम्मेदवार बनाएको छ ।