जेठ १०, काठमाडौ–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आज पहिलो महाधिबेशन काठमाडौमा सुरुहुदै छ । दिउसो खुलामञ्चमा हुने उद्घाटन सभामा विभिन्न पार्टीका नेताहरु सभागिहुने छन् । उद्घाटनपछि आजै अपरान्ह कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र सुरुहुने राप्रपा नेपालले जनाएको छ ।
महाधिबेशनमा देशभरबाट २ हजार ९ जना प्रतिनिधी सहभागि हुने बताइएको छ । उद्घाटन पूर्व काठमाडौका विभिन्न भागबाट र्याली निकालिएकोछ भने उद्घाटन सत्रमा सांस्कृतिक कार्यक्रम पनि हुने छ ।
राप्रपा नेपालको महाधिबेशन काठमाडौमा सुरु
