जेठ ९, काठमाडौ–अस्थायी शिक्षक संघर्ष समिति र सरकारबीच गएराति ३ बुादे सहमति भएको छ । सहमतिपछि विगत १ वर्षदेखि आन्दोलन गर्दै आएका ३० हजार अस्थायी शिक्षकहरुको आन्दोलन पनि स्थगित भएको छ । २०६९ सालसम्म दरबन्दीमा पढाएका शिक्षकहरुलाई आन्तरिक प्रक्रियाको थालनी गरी यस अघि भएका संझौता अनुसार स्थायी गर्ने, रिक्त दरबन्दीमा स्थायी शिक्षकहरुलाई राख्ने र अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्ने र उमेर हद र सेवा अवधि नपुग्दै पेशाबाट बाहिरिन चाहने शिक्षकलाई सम्मानसहित विदाई गर्ने सहमति भएको हो ।