परिवार स्वास्थ्य महाशाखा निर्देशक
सुरक्षित मातृत्व महिना संचालन गरिरहनुभएको छ । यो कार्यक्रम कसरी अगाडि बडिरहेको छ ?
विभिन्न संचारमाध्यमहरुमा अन्र्तवार्ता ७५ वटै जिल्लाहरुमा र्याली व्यानर राखी विभिन्न जनचेतनामुलक कार्यक्रम गरी महिनाभरीनै सुरक्षित मातृत्व महिना मनाईन्छ । कार्यक्रमका लागि विभिन्न पार्टनरहरुले सहयोग गर्नुभएको छ । अनि केन्द्रमा पनि र्यालीहरु हामीले गरेका छौं र गर्दै पनि छौं । एक महिना भित्र विभिन्न महत्वपूर्ण दिनहरु परेका हुन्छन् । ती दिनहरुलाई विशेष महत्वपूर्ण रुपले मनाउछौं ।
कार्यक्रम त तपाईहरु सहर र केन्द्रीयस्तरमा मात्र गर्नुहुन्छ । तर गाउाका दुरदराजमा बस्ने जनता माझ त तपाईहरुका यस्ता कार्यक्रम त पुग्दैनन नी किन ?
त्यस्तो होइन हामीले जिल्ला जिल्लामा भनेका छौं । जिल्ला स्थित हाम्रा स्वास्थ्यकर्मीहरुले विभिन्न कार्यक्रम गरी यो कार्यक्रम संचालन गरिरहनुभएको छ । केन्द्रमा मात्र होइन । तपाईले भने झै दुर्गम दुरदराजमा बसोबास गर्ने आम मानिसले थाह पाउने गरी यो कार्यक्रम संचालन गरिरहेका छौं । र यो कार्यक्रमबाट हजारौ महिलाहरुले चेतना पाउनेछन् भन्ने पनि अपेक्षा लिएका छौं ।
यसो भनिरहदा अझै पनि ४५ प्रतिशत बच्चा त स्वास्थ्य संस्था बाहिर जन्मन्छन् नी हैन र ?
हो तपाईले एकदमै सहि कुरा गर्नुभयो । यहि विषयलाई मध्यनजर गरेर हामीले कार्यक्रम गरेको एक दशक भइसक्यो सुरक्षित मातृत्वको कार्यक्रम अभियानका रुपमा लगेको । जसरी विभिन्न कार्यक्रम गर्दा गर्दै पनि समस्याहरु केही आइनै हाल्छन् नी तर पनि आज सम्म आइपुग्दा धेरै सफलता भने पाइसकेका छौं । र अझै पनि धेरै महिला बच्चा जन्माउनका लागि स्वास्थ्य संस्थामा आउन त भनेर महिनाभरी यो कार्यक्रम राखेको हो ।
बच्चा जन्माउन स्वास्थ्य संस्थामा जाने कुरा त गरीयो तर वर्थिङ सेन्टर चाही कस्ता छन ? बच्चा जन्माउन उपयुक्त वातावरणका छन् त ?
एकदमै राम्रो छ त भनेर भन्न सक्दिन तर धेरै जसो राम्रा छन् हामीले एक ठाउामा मात्रै वर्थिङ सेन्टर राखिएको भए धेरै राम्रो सेवा सकिन्थ्यो हामीले धेरै ठाउामा वर्थिङ सेन्टर राखेका छौं र थप्दै पनि गएको छौं । जसले गर्दा केही सेवा प्रभावहिन हुन सक्छ । केही चुनौति आएका छन् तर यो चुनौतीहरु कसरी भयो र कसरी समाधान गर्ने भनेर तिनीहरुलाई हामी हेर्दैर्छौ । सरकारी संस्थासागै वर्थिङ सेन्टर खोल्नुपर्ने हुन्छ तर कतिपय यस्तो भौगोलिक स्थिती मिलीरहेको छैन ।
कुनै स्थानमा वर्थिङ सेन्टर र ठुला स्वास्थ्य संस्था सागै जसो हुादा महिलाहरु बच्चा जन्माउन सिधै स्वास्थ्य संस्थामा गइहालौन भन्ने पनि हुन्छ जसका लागि हामीले बढी भन्दा बढी मानिसहरुलाई विश्वास दिलाउन सक्नुपर्छ । यदि केही अप्ठेरो आए ठुला स्वास्थ्य संस्थामा तुरुन्तै पुर्याउने भन्ने चाहाना जगाउन लागिरहेका छौं ।
केहि सम्पन्न परिवारले त तपाईहरुले दिउको सेवा लीन सक्ने भए तर गरिब, विपन्न, र पिछडा बर्गको हकमाचहि कसरी सेवा दिने ?
तपाईले भनेको एक दमै सहि हो । त्यहि विषयलाई लिएर हामि एकदमै पहुचा नपुगेको ठााउलाइ मध्यनजर गरेर बर्थिङ् सेन्टरका बारे बुझाउने हो । प्रत्येक वडाहरुमा महिला स्वयम सेविकाहरु ह्ुनुहुन्छ उहााहरुलाई पनि परिचालन गरेका छौं र पहिला भन्दा थुप्रै वर्गका मानिस आज स्वास्थय संस्थामै बच्चा जन्माउछन् । विगतको अवस्थालाइृ हेर्नेहो भने ८ प्रतिशत महिलाहरुले मात्रै स्वासथय संसथाहरुमा बच्चाजन्माउथे भने आज ५० प्रतिशत महिलाहरुले बच्चा जनमाउदा स्वासथय संसथामै गएर बच्चा जन्माउ छन् । एकै पटकत सबै कुराको समाधान कहाा हुन्छ र क्रमिक रुपमा हामि गर्दै जाने छौं । तपाईले भनेझै पिछडा, गरिव, र विपन्न बर्गका जनतामाझ कसरी र कुन रुपमा कार्यक्रम पुर्याउने भनेर छलफल पनि गरिरहेको अवस्था छ ।
उसोभए, स्वास्थ्य सस्थामा गएर कति महिलाहरुले बच्चा जन्माउने गरेका छन् ?
१९९६ तिर स्वासथय संस्थामा गएर बच्चा जनमाउदै न थिए । यदि जन्माई हालेपनि एकदमै कम मात्रामा जन्माउथे । काम गर्दै हिड्दै जन्माउने प्रबृति त्यतिखेर थियो । तर आज समाज पनि धेरै शिक्षित भैसकेको छ । त्यसैले सवासथ्य संस्थामा गएर बच्चा जन्माउनेको संख्या ५० प्रतिशत पुगेको छ तर यो सन्तोक जनक भने पट्क्कै हैन् ।
सबै ठाउमा मातृत्व महिना संचालन भैरहेको छ , के तपाईहरुले सबैठाउामा दक्ष जनशक्ती राख्नु भएको छ ?
हम्रा स्वास्थ्य सस्था अथवा बर्थिङ सेन्टरमा दुईजना ट्रेनिङ् प्राप्त खनमिहरु रहेका हुन्छन् । यसमा पनि केहि विदामा बस्नुपर्ने अवस्था हुन्छ कसैको के काम पर्नसक्छ । यति कगर्दा गर्दै पनि अनमिहरुको सरुवा गरिन्छ त्यसले पनि स्वास्थ्य सेवामा समस्या भने अवस्य नै पर्न जान्छ ।