जेठ ८, काठमाडौ– भारतको पूर्वोत्तर क्षेत्रमा गएराती भूकम्प गएको छ । बंगालको खाडीको पाराद्विप गढमा केन्द्र रहेको भूकम्पको झट्का दिल्लीदेखि पूर्वका ६ राज्यमा महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर भुकम्पका कारण कुनै ठुलो क्षति भने भएको छैन् । ५ दशमलव ६ रेक्टर स्केलको यो भूकम्पको झट्का नेपालका विभिन्न स्थानमा समेत महशुश गरिएको थियो ।