जेठ ७, काठमाडौ– संबिधानसभाको निर्वाचन पछि पार्टी फुट्ने क्रम रोकिएको भए पनि सभासद् विश्वेन्द्र पाशवानको पार्टी फुटेको छ । संबिधानसभामा जम्मा दुई सिट रहेको पासवानको दलित जनजाती पार्टी बुधबारदेखि औपचारिक रुपमा फुटेको हो । दलित जनजाती पार्टीकी सभासद् यशोदा कुमारी लामाले बुधबार निर्वाचन आयोगमा पुगेर अर्को दल दर्ता गरीसकेकी छन् । नयाा दर्ता भएको पार्टीको नाम दलित जनजाती पार्टी नेपाल राखिएको छ ।