जेठ ७, एजेन्सी–एम्नेष्टी इन्टरनेशनलले सिरियाबाट बिस्थापितहरुको स्वास्थ्य अवस्था निकै कमजोर रहेको एक रिपोर्ट सार्वजनिक गरेको छ । सिरिया गृह युद्धका कारण बिस्थापित भई लेबनानमा शरणार्थी जीवन बिताईरहेका व्यक्तीहरुको स्वास्थ्य अवस्था निकै कमजोर रहेको एम्नेष्टीले जनाएको छ । लेबनानमा शरणार्थी जीवन बिताईरहेका मध्य बालबालिकालाई तत्कालै औषधी उपचारको आवश्यकता रहेको एम्नेष्टीले जनाएको छ । लेबनानमा एक लाखभन्दा बढि सिरियालीले शरणार्थी जीवन बिताईरहेका छन् । संयुक्त राष्ट्र संघले २ लाख ७० हजार भन्दा बढि सिरियाली शरणार्थीको रुपमा विदेशमा शरण लिईरहेको तथ्यांक राखेको छ । संयुक्त राष्ट्र संघले दर्ता भएका मध्य अधिकांश शरणार्थी टर्की, जोर्डन, इराक, इजिप्ट, लेबनान लगायतका देशमा छन् । संयुक्त राष्ट्र संघमा शरणार्थीका रुपमा दर्ता नभएका शरणार्थीको संख्या आझै धेरै हुन सक्ने अनुमान गरिएको छ ।