जेठ ७, सप्तरी–लामो समयदेखि वर्षा नभएको र नहरमा समेत पानी नछाड्दा सप्तरीमा चैते धानबालीमा डढेलो लागेको छ । आकाशे पानी र नहरवाट सिचाइ हुने आशामा चैतेधान रोपाइ गरेका सप्तरीका किसान समयमा वर्षा नभएको र नहरहरुमा समेत पानी नछाडिएका कारण चैते धानबालीमा डढेलो लागेको वताउछन । खाउला भनेर रोपेको धानमा डडेलो लागेपछि किसान चिन्तित वनेको सप्तरीको इटहरी विष्णुपुर–५ का किसान भूपेन्द्र मण्डलले बताउनुभयो । कोसी नहर र चन्द्र नहर छेउछाउका इटहरी विष्णुपुर, बरही बिरपुर, नर्घाे, कमलपुर औरही लगायतका १२ वटाभन्दा बढी गाविसमा चैतेधान किसानले लगाउदै आएका छन् ।