जेठ ६, काठमाडौ–सहिद तथा घाइते परिवारले सरकारले संविधानसभामा मनोनयन गर्ने २६ सिटमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । विभिन्न १८ बुादे माग राख्दै यही जेठ १ गतेदेखि नेपाली काग्रेस कार्यालयमा धर्ना बस्दै आएका सहिद तथा घाइते परिवारले आज सञ्चारकर्मीसग कुरा गर्दै प्रत्यक्ष र समानुपातिक प्रणालीबाट एक जना पनि सहिद तथा घाइते परिवारलाई संविधानसभामा समावेश नगराइएको भन्दै अब मनोनयन हुने स्थानमा आफुहरुलाई समावेश गराउन माग गरेका हुन् ।