जेठ ५, काठमाडौ– लिबियामा पूर्व शासक मुअम्मर गद्धाफीका समर्थकहरुले संसदमा गोलाबारी गरेका छन् । अधिकारीहरुका अनुसार जिन्टान नामक चरमपन्थी समूहले संसदमा गोलाबारीसंगै केही व्यक्तिलाई बन्धकसमेत बनाएको छ । जिन्टान नामक चरपन्थी संगठनले संसदमा आक्रमणको पूर्व चेतावनी दिएका कारण त्यहा मानिसहरुको उपस्थिति कम हुादा ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार पनि गद्धाफी समर्थक चरमपन्थी समूहले बेनगाजी सहरमा एक हमला गरेको थियो । उक्त हमलामा ७० जना भन्दा बढी व्यक्ति मारिएका थिए ।