जेठ ४, काठमाडौ– टर्कीको कोइलाखानी घटनामा मृत्यु हुनेको संख्या ३ सय १ पुगेको छ । गत हप्ता टर्कीको सोमास्थित एक कोइलाखानीमा भएको दुर्घटनामा हराइरहेका सबैको शव निकालिएको अधिकारीहरुले जनाएका छन् । सबैभन्दा डरलाग्दो दुर्घटनाका रुपमा लिइएको यस घटनामा परेका कामदारको उद्दारकार्य सकिएको ऊर्जामन्त्री तानेर यिल्दिजले बताए । उनले दुर्घटनामा बेपत्ता भएका र मृत्यु भएका सबैको खोजी तथा उद्दार कार्य सकिएको बताउदै सबैको डिएनए परीक्षणपछि आफन्तको जिम्मा लगाइने जानकारी दिए । कोइला खानीमा भएको विष्फोटबाट प्रभावित ४ सय ८५ जनालाई सकुशल उद्दार गरिएको छ ।