जेठ ४, विराटनगर –विराटनगर क्षेत्रमा फैलिएको कमलपित्त(जण्डिस)को कारण हिजो सांझ थप एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा विराटनगर–३ का ६० वर्षीय मोहन वरुवाल रहेका छन् । विराटनगरमा जण्डिसबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको कार्यालयले जनाएको छ । विगत चार हप्तादेखि फैलिएको जण्डिसको कारण एक हजार ६२१ जना ग्रसित भएको कार्यालयका प्रमुख नवराज सुब्बाले बताउनुभयो ।