वैशाख ३०, काठमाडौ–आईपीएल ईन्डियन प्रिमीयर लिग आईपीएलमा आज दुई खेल हुादै छन् । आज हुने पहिलो खेल अपराह्न सवा ४ बजे रााचीस्थीत चेन्नई सुपर किङगंस र राजस्थान रोएल्स विच हुनेछ । त्यसैगरी दोस्रो खेल वेलुकी सवा ८ बजे रोएल च्याmन्जर्स ब्याङगलोर र दिल्ली दिएर डेभिल्स विच हुने भएको छ । यस अघि गयराती भएको खेलमा सन राईजर्स हैदरावादलाई ७ विकेटले पराजीत गर्दै मुम्बई इन्डियन्सले तेश्रो जित हात पारेको छ । हैदराबादले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य मुम्बईले लेन्डल सिमन्स र अम्बाटी रायडूको अर्धशतकको मदतमा १९ औं ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । यसअघि टस जितेर पहिले व्याटिङ थालेको हैदराबादले २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो ।