एजेन्सी–स्पेनमा एकजना बरिष्ठ महिला राजनीतिज्ञलाई गोली हानी हत्या गरिएको छ । लियोनको प्रान्तिय सरकार प्रमुख ५९ बर्षिया इसाबेल काराकसमाथी पैदलै एक पुल पारगर्दैगर्दा गोली प्रहार भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भर्खरै आफ्नो जागिर गुमाएका आमा छोरीले सो घटना घटाएको आशंका गरिएको स्पेनीस समाचार माध्यमहरुलाई उद्धतगर्दै बीबीसीले जनाएको छ । ती दुबै महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।