वैशाख २८, काठमाडौ–दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये आधाभन्दा बढी बन्द रहेका छन् । साना तथा घरेलु उद्योग महासङ्घको तथ्याङ्कअनुसार नेपालमा दर्ता भएका करिब तीन लाख उद्योगमध्ये करिब एक लाख ४० हजार उद्योगमात्र हाल सञ्चालनमा रहेका छन् । साना तथा घरेलु उद्योगको समग्र सञ्चालन अवस्था कमजोर बन्दै जाादा अधिकांश उद्योग बन्द रहेको महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिनुभयो । उहााका अनुसार साना तथा घरेलु उद्योगको वित्तीय पहुाच तुलनात्मक रूपमा ज्यादै कमजोर हुादा उद्योग सञ्चालनको सम्भावना खस्कादै गएको हो । महासङ्घले पछिल्लो पटक गरेको अध्ययनले एउटै व्यक्तिले धेरै उद्योग स्थापना गर्ने प्रवृत्तिका कारण सञ्चालन अवस्था कमजोर भएको देखाएको छ । बैंकबाट सस्तोमा ऋण लिने र महागो व्याजदरमा अरूलाई उपलब्ध गराउन एउटै व्यक्तिले पााच वटा समेत उद्योग दर्ता गर्ने गरेको अध्ययनमा देखिएको छ ।