वैशाख २८, एजेन्सी–नेपालले छैटौं अन्तर्राष्ट्रिय करााते प्रतियोगितामा टिम च्याम्पियनको उपाधिजितेको छ । भारतको आन्ध्रप्रदेशमा सम्पन्न प्रतियोगितामा नेपालको गोजु–रियो करााते टोलीले ११ स्वर्ण,११ रजत र ४ कास्य जितेको थियो ।अन्तर्राष्ट्रिय करााते प्रतियोगितामा श्रीलंका दोश्रो र आयोजक राष्ट्र भारत तेश्रो भएको एशियाली गोजु–रियो कराातेका महासचिव एवंम् गोजु–रियोकराातेका मुख्य प्रशिक्षक बि.आर मित्राले बताउनुभयो ।संघका अध्यक्ष सिपी घर्तीको नेतृत्वमा गएको २९ सदस्य टोलीमा दोहोरो स्वर्ण जित्न सफल खेलाडीमा एकल काता र कुमुतेमा छेवाङ लामा,यङदोङ लामा रहेका छन् । त्यसै गरि अन्य स्वर्ण जित्ने खेलाडीमा पुरुष एकल कातामा विनयलामा, कुमुतेमा मन्दिप मर्हजन,संजिव लामा,कालु थले,राम गिरी रहेका छन् । महिला कुमुतेतर्फ सुस्मिता सापकोटा र शारदा ठकुरीले पनि स्वर्ण जितेका थिए ।