वैशाख २६, काठमाडौ– आज ६३ औ कानून दिवस हो । न्यायका क्षेत्रमा क्रियासिल निकायहरुले विभिन्न कार्यक्रम गरि मनाउदै छन । सरकारले आज न्याय क्षेत्रमा सार्वजनिक विदा पनि दिएको छ ।
विक्रमसम्बत २००७ सालको क्रान्तिपछि कार्यपालिकाबाट न्यायपालिका स्वतन्त्र भएको थियो । न्याय क्षेत्रले पाएको यो उपलव्धिको संझनामा २००८ साल देखि यो दिवस मनाउन सुरु भएको हो ।
कानून दिवसको अबसर पारेर सर्वोच्च अदालतले विशेष समारोहको आयोजना गरेको छ । दिवसको अबसरमा प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माले न्यायपालिका अहिले सम्म कसैको दबाबमा नपरेको तथा भविष्यमा पनि पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुभ कामना सन्देशमा शर्माले न्याय सेवामा गुणस्तरीयता अभिवृद्धि गर्ने काममा न्यायपालिका जनताप्रति उच्च समर्पण भावका साथ सधंै प्रतिवद्ध रहिआएको उल्लेख गर्नुभएको छ ।