यार्सागुम्बा टिप्न, घरमा ताला

वैशाख २१, जाजरकोट –जाजरकोट र रुकुम जिल्लाका उत्तरपूर्वी गाउाका वस्ती खाली हुन थालेका छन । त्यस भेगका बासिन्दा यार्सागुम्बा टिप्न पाटन तिर जान थालेपछि गाउा खाली हुन थालेका छन् ।
गाउका अधिकास घरममा ताला लागेको छ । उनीहरू बन्दोबस्ती सामान लिएर बुकिपाटन जाने गरेका छन् ।
वैशाख अन्तिम साताबाट डोल्पाको पारिपाटन, रूपपाटन, साइकुहारी र रुकुमको मैकोटस्थित पुपाल, जङ्गला र अरबिदा पाटनमा यार्सा टिप्ने व्यवस्था भएपछि स्थानीय बासिन्दा पाटनतिर लागेका यस्तो भएको हो । रुकुमका गोतामकोट, स्यालाखदी, जाङ, हुकाम रन्मामैकोट, तकसेरा, महत काक्री, कोललगायत दर्जनभन्दा बढी गाविसका बस्ती र जाजरकोटका खगेनकोट, रग्दा, भगवती, लहा, डााडागाउा, रोकाय गाउा, नायकवाडालगायतका गाविसका गाउा खाली हुन थालेका हुन् ।
अधिकांश गाविसका बालबालिकादेखि वृद्धवृद्धासमेत घरमा ताला लगाएर यार्सागुम्बा टिप्न जाने गरेका छन् । दुई सातादेखि जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट बुकिपाटन जानेको लर्को लाग्न थालेको छ । गाउागाउाबाट दैनिक चार हजारभन्दा बढी स्थानीयको पाटनतिर जाने लर्को लाग्न थालेको रग्दाका किशोर मल्लले बताउनुभयो । वैशाख दोस्रो सातादेखि यार्सागुम्बा सङ्कलन प्रवेशपत्र वितरणको काम सुरु भएको मौसम व्यवस्थापन समितिका सदस्य नन्दप्रसाद पुनले बताउनुभयो ।