वैशाख २०, एजेन्सी– युक्रेनको दक्षिण पश्चिमी क्षेत्रस्थित ओदेशा शहरको एक सरकारी भवनमा आगलागी हुादा ३१ जनाको मृत्यु भएको छ । ओदेशा शहरमा रुस समर्थक प्रदर्शनकारी र युक्रेन समर्थक प्रदर्शनकारीबिच झडप भैरहेका बेला उक्त भवनमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । भवनमा आगलागी भएपछि धुुावाले निस्सासिएर भवनमा रहेका व्यक्तीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कतिपयको भने भवनमा आगलागी भएपछि भाग्ने प्रयास गर्दा लडेर मृत्यु भएको अधिकारीहरुको भनाई छ ।