बैशाख १८, काठमाण्डौ– विहीबारबाट मङगोलियामा सुरु भएको एएफसी प्रेसिडेण्टस् कप फुटबलमा नेपालको ए डिभिजन लिग बिजेता मनाङमस्र्याङदीले उत्कृष्ट सुरुवात गरेको छ प्रतियोगिताको आफ्नो पहिलो खेलमा मनाङले कम्बोडियाको लिग बिजेता सेभरिङलाई ६–३ गोलको अन्तरले पराजित गरेको छ । मङगोलियाको राजधानीस्थित कृतिम मैदानमा भएको खेलमा मनाङका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । मनाङका लागि दीपक राईले दुई गोल गरे । अनिल गुरुङ, सुलभ मास्के, निराजन मल्ल र साहिद अजिजले एक–एक गोल गरे । खेलमा पहिलो गोल गरेका दीपकले छैठौ मिनेटमै मनाङलाई अग्रता दिलाएका थिए । मनाङले अर्को खेल मे ५ मा घरेलु टोली इचिर्म विरुद्ध खेल्ने छ ।