वैशाख १५, काठमाडौ–सर्वाेच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस गरिएका नामबारे आपत्ति जनाउादै आएको पेशागत वकिलहरुको संगठन नेपाल बार एसोसिएसनले आज त्यसबारे औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । गएराति अबेरसम्म बसेको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि आज पुन बैठक बसेको छ । न्याय परिषद्द्वारा सिफारिस गरिएका स्थायी न्यायाधीश बारे धारणा बुझ्न बार पदाधिकारीले हिजो केन्ऽीय सल्लाहकार समितिसाग समेत छलफल गरेको थियो । समितिले सिफारिस त्रुटिपूर्ण भन्दै त्यसलाई सच्याउनुपर्ने निष्कर्ष निकालेको थियो । समितिले निर्णय उल्ट्याउन संसदीय सुनुवाई विशेष समितिलाई दबाब दिन तथा निर्णय प्रक्रियामा सहभागी बारका दुई सदस्यलाई फिर्ता बोलाउन कार्यसमितिलाई सुझाव दिएको थियो । बारका तर्फबाट उपेन्ऽकेशरी न्यौपाने र खेमनारायण ढुंगाना परिषद् सदस्य छन् । न्यायपरिषद्ले गत मंगलबार आठ न्यायाधीशको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये वैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्रबाहेक अन्य ६ जना विवादित पुष्ठभूमिका छन् । खराब आचरण भएकालाई न्यायाधीश सिफारिस गरिएको भन्दै चौतर्फर्ी आलोचना भइरहेको छ । १५ जना स्थायी न्यायाधीश रहने सर्वोच्च अदालतमा १० जनाको पद रिक्त भए पनि न्याय परिषदले ८ जनाको मात्रै सिफारिस गरेको थियो ।