वैशाख १२, कास्की–कास्कीको सिल्दजुरे गाविसस्थित माथिल्लो मादी जल बिद्युत आयोजनाको निर्माणाधीन सुरुङमा २ चिनियाासहित १२ जना कामदार थुनिएका छन् । पहिरो गएर सुरुङको मुख थुनिएपछि उनीहरुलाई बाहिर निकाल्ने प्रयास भइरहेको कास्की प्रहरी प्रमुख बसन्तकुमार लामाले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी र सेनाको टोली पुगेर पहिरो पन्छाएर सुरुङ भित्र हावा पसाएको छ । घटनाबारे थप विवरण आउन बााकी छ ।