वैसाख ५, काठमाडौ–पुर्वप्रधानमन्त्री एवम् एमाओवादीका नेता बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन र द्वन्द्वकालिन मुद्धा एमाओवादीको मात्र सरोकारको विषय नभएकाले सवैले ध्यान दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहााले शान्ति प्रक्रिया नटुंगिएसम्म संविधान पनि नबन्ने ठोकुवा गर्नु भएको हो । यस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुको सट्टा केही मिडिया संचालक र मानवअधिकारकर्मी भन्नेहरुले विदेशी दुतावासबाट पैसा आएर शान्ति प्रक्रिया भााड्ने काममा सक्रिय भएको आरोप समेत लगाउनुभएको हो । उहााले कुन मिडिया र संचालक नभनेपनि केही मिडिया शान्ति प्रक्रिया भााड्न लागिपरेको आरोप लगाउनुभएको छ ।