वैसाख ५, एजेन्सी–दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनाका क्रमा बेपत्ता भएकाहरुको खोजिकार्य प्रतिकूल मौसमको कारण अवरोध भएको छ । उद्धारमा खटिएका अधिकारिहरुका अनुशार समुन्द्रमा आएको तिव्रगतिको सामुन्द्रीक धारका कारण उद्धारमा कठिनाई उत्पन्न भएको बताइएको छ । दुर्घटनमा अझै २ सय ७१ जना बेपत्ता छन भने २५ जनाको मृत्यु भएको अधिकारिहरुले जनाएका छन् । दुर्घटनामा परेका १ सय ७९ जनाको उद्धार गरिएको छ । उद्धारकर्ताहरुले हराइरहेका मानिसहरु जिवितै भेट्टाउने सम्भावना एकदमै न्युन बन्दै गएको बताएका छन् । ४ सुय ७५ जना यात्रु सवार रहेको सो डुंगामा अधिकांश स्कुले विद्यार्थी र शिक्षकहरु रहेको बताइएको छ ।