वैसाख ५, एजेन्सी–अमेरिकी राष्ट्रपती बाराक ओवामाले युक्रेनमा जारि संकट समाधानको लागि जेनेभामा भएको बैठकको स्वागत गर्नु भएको छ । हिजो जेनेभामा भएको बार्तामा रुस, अमेरिका र युरोपेली संघ युक्रेन संकट समाधानका लागि सहमत भएका थिए । रुस र युक्रेनका बिचमा भएको बार्तापछि यी देशका मन्त्रीहरु जेनेभामा भेला भई छलफल गरेका थिए । बिदेशमन्त्रीहरु बिचको छलफलपछि एक सम्झौताको तयारी गरिएको छ । सम्झौता भएमा रुसमाथि लगाउने तयारी गरिएको थपप्रतिबन्ध तत्काललाई रोकिने छ भने युक्रेन संकट समाधानको गतिमा अघि बढ्नेछ । ओवामाले युक्रेनको संकटमा सुधार नआएमा अमेरिका र उसका सहयोगी देशहरु मिलेर रुसमाथि थप प्रतिवन्ध लगाउन पछि नहट्ने बताएका छन् । रुससमर्थित पृथकतावादिहरुले पश्चिमी युक्रेनका सरकारी भवनहरु कव्जामा लिगिरहेको प्रति अमेरिकाले अपात्ती जनाएको छ । तर रुसले भने पुर्वी तथा पश्चिमी युरोममा जारि उताडचडपमा आफुहरुको कुनै सहयोग नभएको दावि गरेको छ । सरकारी भवनहरु धेराउ गरिरहेका रुस समर्थित नागरिहरुले आफुहरुले घेराउ कार्यक्रम नतोड्ने अडान लिएका छन् । युक्रेनको सेर्ही यिभकामा अहिले पनि झडपहरु भइरहेको अधिकारिहरुलाई उद्रित गर्दै विविसीले जनाएको छ ।